११ अंकले घट्यो नेप्से परिसुचक, अर्ब पनि पुगेन कारोबार
वि.सं.२०७९ भदौ २२ बुधवार १५:१४
4.24K
shares
shares

काठमाडौं, २२ भदौ । साताको चौंथो कारोबारको दिन नेप्से परिसुचक ११ दशमलव ९७ अंकले घटेको छ ।
बुधबार नेप्से परिसुचक शुन्य दशमलव ६१ प्रतिशतले घटेर १६३९ दशमलव ८८ बिन्दुमा पगेको छ । हिजो २१ अंकले घटेको नेप्से आज भने ११ अंकले घटेको हो ।
नेप्से परिसुचकसँगै ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ६१ अंकले ओरालो लागेको छ । आज दिनभर भएका २० हजार ४ सय ५२ कारोबारबाट २२४ कम्पनीका २९ लाख ४३ हजार ७ सय ६९ कित्ता शेयर किनबेच भएका छन् ।
जसबाट आज भएको सम्पूर्ण कारोबार रकम ८२ करोड ६२ लाख ३० हजार ५ सय ८३ पुगेको छ ।















