एशियन लाइफ इन्स्योरेन्सको असोज १३ गते साधारणसभा, के-के छन् प्रस्ताव ?
वि.सं.२०७९ भदौ २३ बिहीवार १०:१२
shares

काठमाडौं, २३ भदौ । एशियन लाइफ इन्स्योरेन्सको साधारणसभा असोज १३ गते हुने भएको छ । भदौ २२ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार सभा बस्ने निर्णय गरेको हो ।
सभाको लागि होटल क्यासिक सिमरा, बाराको इमेल मार्फत मिटिङ आइडी र पासवर्ड उपलब्ध गराइने छ । सभा बिहान ११ः३० मा हुनेछ ।
उक्त सभामा कम्पनीले प्रस्तावित शून्य दशमलव ७६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि १ करोड ९३ लाख ८२ हजार ९५१ पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ सम्मको संचित नाफाबाट यस कम्पनीको चुक्ता पुँजी २ अर्ब ५३ करोड, ९८ लाख, ३५ हजारको बोनस शेयर १४ दशमलव ५० प्रतिशतले हुन आउने ३६ करोड ८२ लाख ७६ हजार ०५७ दरले हुने बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
यसका साथै कम्पनीको हाल कायम पूँजी संरचनामा संस्थापक र सर्वसाधारण शेयरको ६०ः४० अनुपातलाई बीमा समितिको स्वीकृति पश्चात परिवर्तन गरी ५१ः४९ प्रतिशत कायम गरी संस्थापक शेयरलाई सर्वसाधारणमा परिणत गर्ने प्रस्ताव पारित गर्ने र आर्थिक वर्ष २०७९/८० को लागि लेखापरिक्षण नियुत्ति गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्नुका साथै अन्य छलफल गर्नेछ ।

















