Dhulikhel Eco Banner new

आरविवि मर्चेन्ट बैंकिङ्गको साधारणसभा असोज ३१ गते, के-के छन् प्रस्ताव ?

5.38K
shares

काठमाडौं, १० असोज । आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको वार्षिक साधारणसभा असोज ३१ गते हुने भएको छ ।

काठमाडौं, सिंहदरबार प्लाजामा रहेको राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा उक्त दिन अपराह्न ४ बजे साधारण सभा हुने कम्पनीले जनाएको छ ।

साधारण सभामा ७ दशमलव ५० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पेश हुनेछ । त्यसैगरी आव २०७८/७९ को वार्षिक प्रतिवेदन, २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि साधारण सभामा पेश हुनेछ ।