Dhulikhel Eco Banner new

देशभर दशैँको टीका लगाउन सुरु

5.6K
shares

काठमाडौं, १९ असोज । यो वर्षको दशैँको मुख्य दिन मान्यजनबाट टीका, जमारा लगाउन सुरु भएको छ । टीकाको साइत ११ बजेर ५१ मिनेटमा सबैतिर टीका लगाउन सुरु गरिएको हो ।

घटस्थापनादेखि पूजा–आराधना गरिएकी देवीलाई आज बिहान १० बजेर ३४ मिनेटमा विसर्जन गरी ११ बजेर ५१ मिनेटको साइतमा टीका लगाउन थालिएको छ । यो साइत हेर्नेहरुका लागि मात्रै तोकिएकाले आज दिनभर नै टीका जमरा लगाउनका लागि उत्तम रहेको नेपाल पंचाङ निर्णाय विकास समिलिे जनाएको छ ।

टीका लगाउने व्यक्ति पूर्व फर्केर बस्ने र लगाइदिने व्यक्तिले उत्तर–पश्चिम फर्केर लगाइदिनु उत्तम रहेको समितिले जनाएको छ । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवीशक्तिको विजय प्राप्तिको प्रतीकका रूपमा मनाइने विजयादशमी दशँैंको महत्वपूर्ण दिन हो । देवीको प्रसादका रूपमा आजदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्ने गरिन्छ  ।