Dhulikhel Eco Banner new

पाँच दिनमा सवारी दुर्घटनामा ५४ जनाको मृत्यु

5.88K
shares

काठमाडौं, २१ असोज । दशैँको फुलपातीको दिन देखि बिहीबारसम्म सवारी दुर्घटनामा ५४ जनाले ज्यान गुमाएका छन् । यो अवधिमा सवारी दुर्घटनामा परेर ५४ जनाको मृत्यु भएको र १ हजार ५७ जना घाइते भएको प्रहरीको तथ्यांकले देखाएको छ ।

नेपाल प्रहरीका अनुसार फूलपातीयताको ५ दिनमा दुर्घटनाको दर ह्वात्तै बढेको छ । यो अवधिमा ५५६ वटा सवारी दुर्घटना भएको र १ हजार ५३० सवारीलाई ट्राफिक नियम उल्लंघनमा कारवाही गरिएको ट्राफिक प्रहरीको तथ्यांकले देखाएको छ ।

ओभरलोड र ओभर स्पीडले, यान्त्रिक परीक्षण नगरी सवारी चलाउँदा दुर्घटना बढेको नेपाल प्रहरीका प्रवक्ता टेक प्रसाद राईले जानकारी दिए । त्यस्तै पानी पर्नु पनि दुर्घटना बढ्नुको कारण भएको प्रवक्ता राइले बताए । उनका अनुसार फुलपातीदेखि बिहिबारसम्म १३९ वटा बस, १५९ वटा ट्रक २६२ कार जिप र अन्य मोटरसाइल तथा स्कुटर रहेका छन् ।

बिहीबार मात्रै हेटौंडा–अमलेखगञ्ज खण्डको ३ नम्बर पुलनजिकै बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको थियो । सो बस ब्रेक फेल भएको बस दुर्घटना भएको थियो । गत सोमबार मात्रै यही सडक खण्डको चुरीयामाई मन्दिर नजिक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो ३६ जना घाइते भएका थिए ।