Dhulikhel Eco Banner new

एमालेले किन दिएन भीम रावललाई टिकट ?

4.95K
shares

काठमाडौं, २१ असोज । नेकपा एमालेका नेता डा.भीम रावलले टिकट नपाउने भएका छन् । एमाले स्रोतका अनुसार, अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट झपट बोहोरालाई टिकट दिइएको छ ।

ओलीको विरोध गरेको र महाधिवेशनमा पनि अध्यक्षमा उम्मेदवार भएको सिर ओलीले पोखेको विश्लेषण सुरु भएको छ । नेकपा माओवादी केन्द्र छोडेर आएका बोहोरा एमाले केन्द्रीय सदस्य एवम् अछाम जिल्ला इन्चार्ज हुन् । अध्यक्ष केपी शर्मा ओलीले तिनै बोहोरालाई उम्मेदवार बनाउने निर्णय सुनाएको एमाले स्रोतले बताएको छ ।

अछाम जिल्ला कमिटीले भने भीम रावललाई सर्वसहमत एकल सिफारिस गरेको थियो । दशबुँदे गरी एमालेमै बसेका रावल पूर्व उपाध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री हुन् । उनले गएको वर्ष मंसिरमा सम्पन्न एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा ओलीसँग प्रतिश्पर्धा गरेका थिए । अछाम–२ बाट यज्ञ बोगटीले प्रतिनिधिसभा सदस्यको टिकट पाएका छन् । बोगटीको नाम पनि एकल रुपमा सिफारिस भएको थियो ।