Dhulikhel Eco Banner new

१० कम्पनीले मागे नेप्सेसँग सिफारिस

7.97K
shares

काठमाडौं, २६ असोज । नयाँ ब्रोकर कम्पनी खोल्न इच्छुक कम्पनीहरुलाई नेपाल धितोपत्र बोर्डले आवेदन पेश गर्नका लागि आग्रह गरेको छ । बोर्डले ३० दिनको म्याद राखेर सूचना जारी गरेको हो । सूचनामा नयाँ ब्रोकर कम्पनी खोल्नका लागि नेपाल स्टक एक्चेञ्ज (नेप्से) को सिफारिस अनिवार्य गरिएको छ ।

सोही बमोजिम अहिले विभिन्न कम्पनी सिफारिसको लागि नेप्सेमा पुगिरहेका छन् । अहिलेसम्म १० वटा कम्पनीले सिफारिस माग गरेको नेप्सेका सूचना अधिकारी मुराहरी पराजुलीले जानकारी दिए । धितोपत्र बोर्डले असोज २ असोजमा ब्रोकर लाइसेन्सका लागि ३० दिनको समय तोकेर आवेदन माग गरेको थियो ।

बोर्डमा आवेदन पेश गर्नुभन्दा पहिले नेप्सेबाट सिफारिस लिनु पर्ने व्यवस्था धितोपत्र दलाल तथा धितोपत्र व्यापारी नियमावली, २०७९ मा नै गरिएको छ । जस अनुसार ब्रोकर लाइसेन्स लिनका लागि कम्पनीहरुले नेप्सेमा आवेदन परेको सूचना अधिकारी पराजुलीले बताए ।

दशैँ अघिदेखि नै नयाँ ब्रोकर कम्पनीका लागि सिफरिस गरिदिन कम्पनीहरुले आवेदन दिन थालेको पराजुलीको भनाइ छ । सिफारिस माग गर्ने कम्पनीमा प्रभु स्टक ब्रोकर, हिमालयन ब्रोकरेज, भोलेनलेज सेक्युरुटिज, कलश सेक्युरुटिज, एनएमबि सेक्युरुटिज, माछापुच्छ्रे सेक्युरुटिज, केबिएल सेक्युरुटिज, क्यापिटल म्याक्स सेक्युरुटिज, प्रोपटिज बिगाड र केबिएल सेक्युरुटिज कम्पनी रहेका छन् ।

बोर्डमा ब्रोकर लाइसेन्सका लागि आवेदन दिने समय अब ५ दिन मात्रै बाँकी रहेको छ । नेप्सेले सिफारिस गरेका कम्पनीले मात्रै बोर्डमा आवेदन दिन पाउने छन् । तर अहिलेसम्म नेप्सेले कसैलाई पनि सिफारिस दिएको छैन् ।