आज शेयर कारोबार बन्द रहने
वि.सं.२०७९ कात्तिक १ मंगलवार १०:१४
4.95K
shares
shares

काठमाडौं, १ कात्तिक । आज आइतबार शेयर कारोबार नहुने भएको छ । सरकारले आज सार्वजनिक बिदा दिएकोले सम्पूर्ण सरकारी कार्यालय बन्द हुने हुँदा शेयर कारोबार पनि बन्द भएको हो ।
सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा आज एक दिन सार्वजनिक बिदा दिएको हो ।
गृह मन्त्रालयले जारी गरेको सूचनामा कार्तिक १ गते देशैभर सार्वजनिक बिदा दिइएको उल्लेख छ । साथै सो दिन राष्ट्रिय झन्डा आधा झुकाउने पनि मन्त्रालयले उल्लेख गरेको छ ।















