घटयो सुनको मूल्य कतिमा हुँदैछ कारोबार ?
वि.सं.२०७९ कात्तिक ४ शुक्रवार ११:१८
4.72K
shares
shares

काठमाडौं ४ कात्तिक । आज बजारमा सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९२ हजार ५ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ रहेको छ ।
आज चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो सुनको मूल्य प्रतितोला ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

















