Dhulikhel Eco Banner new

नवलपरासीमा बस दुर्घटना हुँदा ५ जनको मृत्यु

5.25K
shares

काठमाडौं, १३ कात्तिक । मनकामना दर्शनका लागि छुटेको बस पूर्वी नवलपुरमा दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । पाल्पाको रम्भा गाउँपालिका वडा नम्बर १ हुँगीबाट मनकामनाका लागि छुटेको ना ६ ख ७५८० नम्बरको बस पूर्वी नवलपुरको बुलिङटारमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी रम्भा गाउँपालिका वडा नम्बर १ का ४१ वर्षीय तारा बिक, १७ वर्षीय बिनय बिक, ६२ वर्षीया धनी बिक, ५८ वर्षीया देवी गाहा र स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर ९ बेलचौरकी वर्ष ४५ की फूलमाया माझी रहेको जिल्ला प्रहरी कार्याल नवलपुरले जनाएको छ । उनीहरु घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा २७ जना घाइते भएका छन् ।