राधी विद्युत कम्पनीको हकप्रद शेयर बाँडफाँट
वि.सं.२०७९ कात्तिक १८ शुक्रवार ०९:४०
shares

काठमाडौं, १८ कात्तिक । राधी विद्युत् कम्पनीको हकप्रद शेयर बाँडफाँट भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडका अनुसार कम्पनीले निष्कासन गरेको हकप्रद शेयर कात्तिक १७ गते बाँडफाँट गरिएको हो ।
कम्पनीले भदौ ५ गतेदेखि असोज २५ गतेसम्म १४७ दशमलव ५२ प्रतिशत अर्थात् १ : १.४७५२ अनुपातमा १०० अंकित दरको ९५ लाख ३५ हजार ७६० दशमलव ९९ कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो ।
साथै आफ्नो कायम हकभन्दा बढी शेयर माग गरि दरखास्त दिने आवेदकहरूको हकमा बाँडफाँटमा नपरेका हकप्रद शेयर वापतको रकम कात्तिक २० गतेदेखि कनेक्ट आईपीएसमार्फत सम्बन्धित आवेदकहरूको बैंक खातामा रकमान्तर गरिने बताइएको छ ।















