Dhulikhel Eco Banner new

मोटरसाईकलको ठक्करबाट पराराष्ट्रका अधिकृतको मृत्यु

4.39K
shares

काठमाडौं, १८ कात्तिक । काठमाडौंको अनामनगरमा मोटरसाइलले ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । बिहीबार साँझ प्रदेश ३–०२–००८ प ३६१७ नम्बरको मोटरसाइलको ठक्करबाट ३२ वर्षकी आस्था सुब्बाको ज्यान गएको हो ।

मोटरसाइलको ठक्करबाट घाइते भएकी सुब्बाको उचपारका क्रममा मोडल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनी परराष्ट्र मन्त्रालयका शाखा अधिकृत थिए । दुर्घटनामा मोटरसाइकलका चालक घाइते भएका छन् । उनको महाराजगञ्जमा रहेको शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।