Dhulikhel Eco Banner new

अरुण काबेली पावरको शेयर मूल्य समायोजन

4.15K
shares

काठमाडौं, १८ कात्तिक । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा अरुण काबेली पावरको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको १० प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो ।

समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ३६२ रुपैयाँ ७३ पैसा कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता ३९९ रुपैयाँ थियो ।

कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजी  १, ८५, ५२,१०,५०० को १० प्रतिशतका दरले  १८, ५५,२१,०५०।– बरावरको वोनश शेयर र ०.५२६३ प्रतिशतका दरले  १,०५,०६,०५७ नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।