GBIME

नेशनल हाइड्रो पावरको नाफा ९८ प्रतिशतले घट्यो

1.09K
shares

काठमाडौं, २७ कात्तिक । नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
कम्पनीको गत वर्षको तुलनामा खुद नाफा ९८ दशमलव ८४ प्रतिशत कम भएको छ ।

गत वर्ष ५८ करोड ७४ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष ६८ लाखभन्दा बढी मात्र खुद नाफा गरेको हो । यस वर्ष कम्पनीको वित्तीय खर्च ५०३ दशमलव ३३ प्रतिशत बढी भएकाले खुद नाफा घट्न पुगेको हो ।

गत वर्ष १७ लाखभन्दा बढी रहेको वित्तीय खर्च यस वर्ष १ क्रोड ४ लाखभन्दा बढी भएको छ । कम्पनीले यस वर्ष रू. ३ करोड ४९ लाख सञ्चालन नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म कम्पनी १ करोड ४७ लाखभन्दा बढी सञ्चालन घाटामा रहेको थियो ।

१८ दशमलव ७० प्रतिशत बोनस शेयर वितरण गरी चुक्तापूँजी १ अर्ब ६४ करोड ५० लाख १६ हजार पु¥याएको कम्पनीको जगेडा कोष रकम भने ८९ दशमलव ७३ प्रतिशत कम २ करोड ३८ लाखभन्दा बढी रहेको छ ।

यस वर्ष कम्पनीको कर्जा रकम ६१ दशमलव ३७ प्रतिशत बढेर रू. २५ करोडभन्दा बढी पुगेको छ । वार्षिक प्रतिशेयर आम्दानी १ दशमलव ९६ रहेको छ भने प्रतिशेयर नेटवर्थ १०१ दशमलव ३६ रहेको छ ।