एकर्ड फर्मास्युटिकल्सको शेयर बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल
वि.सं.२०७९ मंसिर २ शुक्रवार १७:४४
shares

काठमाडौं, २ मंसिर । एकर्ड फर्मास्युटिकल्स लिमिटेडले शेयर बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको छ ।
कम्पनीले आफ्नो जारी पूँजीको १२ प्रतिशतले हुन आउने ७,०६,९०,९०० रकम बराबरको कुल ७,०६,९०९ कित्ता साधारण शेयरको सार्वजनिक निष्काशन गर्ने सम्बन्धमा प्रत्याभूतिको कार्य गर्न एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाण्डौलाई प्रत्याभूतिकर्ता नियुक्त गरिएको हो ।
एकर्ड फर्मास्युटिकल्स लिमिटेड औषधि उत्पादन गर्ने उद्योगका रुपमा सन् २०१३ मा दर्ता भएको कम्पनी हो । कम्पनीले काठमाण्डौं उपत्यकामा ठूलो लगानी तथा अत्याधुनीक उपकरण सहित बृहत् उद्योग सञ्चालनमा ल्याएको थियो ।
आफ्नो व्यावसायिक उत्पादन फेब्रुअरी २०२१ देखि शुरु गरी व्यवसायिक कारोवार सुभारम्भ गरेको थियो । यस कम्पनीको रजिष्टर्ड कार्यालय काठमाण्डौ स्थित सुबिधानगर, तीनकुनेमा अवस्थित छ ।
उक्त सम्झौतामा एकर्ड फर्मास्युटिकल्स लिमिटेडका तर्फबाट कम्पनिका प्रबन्धक निर्देशक बिशाल पण्डित तथा एनआईबिएल एस क्यापिटल लिमिटेडका तर्फबाट नायब महाप्रबन्धकसचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन् ।

















