उदयपुरमा ५३ प्रतिशत मात्रै खस्यो भोट
वि.सं.२०७९ मंसिर ४ आइतवार १९:१८
shares

काठमाढौं, ४ मंसिर । उदयपुरमा जम्मा ५३ दशमलव ६ प्रतिशत मत खसेको छ । आइतबार भएको मतदानमा जिल्ला भरिबाट ५३ प्रतिशत मत खसेको निर्वाचन कार्यालयका प्रमुख खेमराज कोइरालाले जानकारी दिए ।
उनका अनुसार जम्मा एक लाख २१ हजार ४७९ जनाले मतदान गरेका छन् । जिल्लामा जम्मा २ लाख २८ हजार ९४६ मतदाता रहेका थिए ।
दुई प्रतिनिधिसभा र चार प्रदेशसभा सदस्यको लागि मतदान भएको थियो । जिल्लामा एकसय एक मतदानस्थल र दुई सय ६४ मतदान केन्द्र रहेका छन् ।
जिल्लाका मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले अहिले मतपेटिका संकलनको काम जारी रहेको बताए । उनले भने, ‘मत पेटिका संकलन भएपछि गणनाको प्रक्रिया अघि बढ्ने छ ।’
प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ को मतगणना त्रियुगा माध्यमिक विद्यालयमा र प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ को मतगणना कटारीमा रहेको उदयश्री बहुमुखी क्याम्पसम गर्ने व्यवस्था गरिएको पनि मुख्य निर्वाचन अधिकृत सुवेदीको भनाइ छ ।















