GBIME

स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

1.24K
shares

काठमाडौं, ६ मंसिर । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अर्थात मंगलबार अन्तिम दिन रहेको छ ।

आर्थिक वर्ष २०७८र ७९ को लागि प्रस्ताव गरेको कुल १६ दशमलव ५१ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।

यस वर्ष कम्पनीले कर समेत उक्त नगद लाभांश मात्र वितरणको प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशसहित अन्य विविध प्रस्ताव पारित गर्नका लागि मंसिर २५ गते ३६औं वार्षिक साधारणसभा बोलाएको कम्पनीले सभा प्रयोजनका लागि मंसिर ७ गते एक दिन बुक क्लोज गर्ने भएको छ ।

बुक क्लोजको आधारमा मंसिर ६ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुने छन् । गत वर्षको तुलनामा यस वर्ष कम्पनीले बढी लाभांश वितरण गर्न लागेको हो ।

नगद लाभांशमा यो वर्ष जोड दिएको कम्पनीले गत वर्ष भने १० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ३ दशमलव शून्य ६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।