GBIME

तनहुँ १ मा कांग्रेसका रामचन्द्र पौडेल विजयी

5.55K
shares

काठमाडौं, ८ मंसिर । तनहुँ क्षेत्र नम्बर १ मा कांग्रेसका नेता रामचन्द्र पौडेल विजयी भएका छन् । अघिल्लो चुनावमा पराजित भएका पौडेल २५ हजार ३१३ मत सहित विजयी भएका हुन् ।

उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका एकबहादुर राना १९ हजार ९२५ मत पाए । दुई जना बीचको मतान्तर ५ हजार ३८८ छ । कांग्रेसका पूर्व नेता गोविन्दराज जोशीले ६ हजार ८७७ मत प्राप्त गरेका छन् ।