Dhulikhel Eco Banner new

प्रदीप ज्ञवालीलाई पछि पार्दै कांग्रेसका भण्डारी विजयी

4.73K
shares

काठमाडौं, ९ मंसिर । गुल्मीको क्षेत्र नं १ बाट नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई चौथोपटकको संसद यात्रामा ब्रेक लगाउँदै नेपाली कांग्रेसका नेता डाक्टर चन्द्र भण्डारी विजयी भएका छन्।

अन्तिम मत परिणाम भण्डारीले ३३७४४ मत पाए भने ज्ञवालीले ३२१५२ मत पाए । भण्डारी १५९२ मतान्तरले विजयी भएको हो । यसअघि सोही क्षेत्रबाट निर्वाचित ज्ञवाली र भण्डारीको यो चौथो प्रतिस्पर्धा हो ।