GBIME

एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

1.06K
shares

काठमाडौं, १२ मंसिर । एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्नेे अन्तिम दिन रहेको छ ।
बैंकले साधारणसभा प्रयोजनको लागि मङ्सिर १३ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज मङ्सिर १२ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन्  ।

बैंकले मङ्सिर २६ गते सोमबार लैनचौर ब्यान्क्वेटमा सभा आह्वान गरेको छ । सभामा लाभांशसहितका विविध प्रस्ताव पेश हुने छन् ।

बैंकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट १३ प्रतिशत बोनस शेयर र ७.६८ प्रतिशत नगद लाभांश गरि कुल २०.६८ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ ।
बैंकको साधारण सभाबाट स्वीकृत भएपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।