Dhulikhel Eco Banner new

अन्तिम अवसरमा समेत चुक्यो बेल्जियमको स्वर्णीम पुस्ता

4.12K
shares

काठमाडौं, १७ मंसिर । फिफा विश्व वरियताको दोस्रो स्थानमा रहेको टोलि हो बेल्जियम । बेल्जियमको अहिलेको टोलिलाई स्वर्णीम पुस्ताको रुपमा हेरिन्छ । यो पुस्ताले बेल्जियमलाई उपाधि जिताउने धेरैको आश थियो । तर कतार विश्वकपको पहिलो चरणबाट बाहिरिएपछि स्वर्णीम पुस्ताको दुःखत अन्त्य भएको छ ।

पछिल्लो सयम क्लब फुटबलमा निकै नाम चलेका खेलाडीले भरिएको बेल्जियम कतार विश्वकपमा समूह चरणबाट घर फर्कनु पर्ला भनेर सायद दर्शकले सोचेका थिए होला । तर अवस्था नसोचेको नै भयो । कतार विश्वकपलाई बेल्जियमको स्वर्णीम पुस्ताको अन्तिम विश्वकपका रुपमा हेरियो लिइएको थियो । तर यो अवसरलाई सदुपयोग गर्नका लागि भने इडन हजाडको टोलि असफल भयो ।

उपाधिको दाबेदारका रुपमा हेरिएको टोलिले त्यो अनुसारको प्रदर्शन गर्न भने सकेन् । कतार विश्वकमा उपाधिका लागि अन्तिम मौकालाई त्यो टोलिले सदुपयोग गर्न सकेन् । बेल्जियमको स्वर्णीम पुस्ताका धेरै खेलाडी अहिले ३० वर्ष पुगिसकेका छन् । आगामी विश्वकमा उनीहरुको उमेर ३४–३५ वर्ष पुग्छ । यो अवस्थामा सबै खेलाडी मैदानमा देखिने सम्भाना निकै कम रहेको छ । त्यस माथि उनीहरुले जुन किसिमको प्रर्दशन गरिरहेका छन् त्यसले उनीहरु अर्को विश्वकपमा टोलिमा हुने कुरामा थप शंका गर्ने ठाउँ रहेको छ ।

बेल्जियमका कप्तान इडेन हेजाड अहिले ३१ वर्ष पुरा भए, त्यस्तै उपकप्तान केभिन डेब्रुयना पनि ३१ वर्ष पुगिसकेका छन् । गोलरक्षक थियागो कोर्टुवाको उम्मेर पनि ३० वर्ष पुगिसकेको छ । त्यस्तै रोमेरो लुकाकुको उमेर अहिले २९ वर्ष रहेको छ । यी खेलाडीले २०१४ को विश्कपदेखि लगातार रुपमा विश्वकप खेलिरहेका छन् । २०१४ को विश्वकपमा बेल्जियम अर्जेन्टीनासँग क्वाटर फाइनमा पराजित भएको थियो ।

त्यसको चार वर्ष पछि रसियामा भएको २०१८ को विश्वकपमा बल्जियमलाई उपाधिको मुख्य दाबेदारमा हेरिएको थियो । तर टोलि सेमिफाइनमा पराजित हुन पुग्यो । त्यति बेला टोलिले तेस्रो स्थान हासिल गरेको थियो । जुन बेल्जियमको टोलिका लागि अहिलेसम्मकै उत्कृष्ट नतिजा हो ।

कतार विश्वकपमा पनि टोलिलाई उपाधिको दावेदारका रुपमा हेरिएको थियो । तर टोलिले समर्थकको आसालाई निकै निराशा बनाएर समूह चरणबाटै घर फर्कीनु पर्‍यो । बेल्जियमको टोलि सन् २०१८ देखि २०२२ को मार्च महिनासम्म फिफा वरियताको शीर्षस्थानमा समेत रहेको थियो ।

विश्वकपको पहिलो संस्करणमै सहभागी भएको बेल्जियम त्यतिबेला पनि समूह चरणबाटै बाहिरिएको थियो । १९३४ र १९३८ मा अन्तिम १६ मा स्थान बनाएको टोलिले १९५० मा विश्वकपमा छनोट हुन असफल भयो । १९५४ पुन विश्वकपमा छनोट भएको टोलिले समूह चरण पार गर्न सकेन् । त्यस पछि लगातार रुपमा तीन संस्करणमा छनोट हुन असफल रहेको टोलिले पुनः १९७० मा छनोट त भयो तर नतिजा भने पहिलेकै जस्तो समूह चरणभन्दा माथि जान सकेन् ।

त्यस पछि १९७४ र १९७८ मा पुनः विश्वकपका लागि छनोट हुन असफल रहेको टोलि १९८२ मा छनोट भयो तर समूह चरण पार गर्न सकेन् । त्यसको चार वर्ष पछि भएको विश्वकपमा भने उसले चौथो स्थान हासिल गर्न सफल भयो ।

त्यसपछि सन् १९९० देखि २००२ सम्म लगातार रुपमा विश्वकप खेलेको टोलि टोलिले १९९० र १९९४ मा अन्तिम १६ मा पुगेको थियो । फेरि १९९८ मा भएको विश्वकमा भने समूह चरणबाटै बाहिरिनु प¥यो । २००२ मा अन्तिम १६ मा स्थान बनाएको टोलि त्यसपछिका दुई विश्वकप २००६ र २०१० मा छनोट पनि हुन सकेन् ।

सन् २०१४ को संस्करणमा टोलि क्वाटरफाइनसम्मको यात्रा तय गर्‍यो । अघिल्लो विश्वकपमा उपाधिको दावेदारका रुपमा हेरिएको टोलि तेस्रो स्थानमा समित भयो । यो पटक बेल्जियमको टोलिका लागि उपाधि उचाल्ने अन्तिम अवसर थियो । यो अवसरलाई सदुपयोग गर्न भने बेल्जियम असफल भयो । यतिको उत्कृष्ट टोलि भए पनि मुख्य प्रतियोगितामा भने उसले निराशाजनक प्रदर्शन गरिनै रह्यो ।

फुटबलमा नाम चलेका खेलाडी भए पनि बेल्जियमको यो पुस्ताले न त युरोकप जित्न सक्यो न त विश्वकपमा नै उसको जादु चल्यो ।