डिनाको किन कम मत आयो ? यस्तो छ प्रमाण !
वि.सं.२०७९ मंसिर १७ शनिवार १४:३०
shares

काठमाडौं, १७ मंसिर । निर्वाचन सकिन लाग्दा पार्टीले पार्टीलाई व्यक्तिले व्यक्तिलाई घात अन्तरघात गर्यो भन्ने कथाहरु बाहिर आउन थालेका छन् । गत ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभामा विभिन्न दलहरु एक आपसमा गठबन्धन गरेर र एकल रुपमा निर्वाचनमा गएका थिए ।
गठबन्धन गरेर निर्वाचनमा गएका दलहरुले निर्वाचन नसकिदै धोका भयो भनेर एक अर्काले सार्वजनिक रुपमा वक्तव्यवाजी नै गरे । यता, निर्वाचन हार्नेहरुले भने गठबन्धन र आफ्नै पार्टीका नेता तथा कार्यकर्ताले सहयोग नगरेको र घात गरेको आरोप लगाउन थालेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका दिपकबहादुर सिंहले २७ हजार ८५१, नेपाली काँग्रेसबाट महालक्ष्मी उपाध्याय(डिना) २५ हजार ४६४, कमल थापा, नेपाल कम्युनिष्ट पार्टी (एमाले)५७०३, टाका राज थापा, राष्ट्रिय स्वतन्त्र पार्टी, ७५९ पाएका थिए । यसको पछिल्लो घटना मकवानपुर क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसकी उम्मेदार महालक्ष्मी उपाध्यायले आफूले निर्वाचन हारेपछि पार्टीका सहकर्मीहरुले हराएको आरोप लगाउँदै राजधानीमा रहेका नेताका घर–घरमा पुग्न थालेकी छिन् ।
उनले गठबन्धन र नेपाली काँग्रेसको वागमती प्रेदशेअन्तगरका नेताहरुले नै चुनाव हराएको भन्दै अहिले राजधानीमा काँग्रेसका केन्द्रीय नेताहरुका घर–घरमा गएर गुनासो गर्ने गरेको नेपाली काँग्रेसका नेताले बताएका छन् । नेपाली काँग्रेसमा रहेका महिलामध्धे सबैभन्दा धेरै फाइदा लिनेमध्ये मर्ने डिना २०४८ सालमा पनि पार्टीबाट टिकट पाएर पराजय भएकी थिइन । त्यस्तै २०५१ सालको मध्यवधि निर्वाचनमा पनि सोहि स्थानबाट निर्वाचनमा उठेर पराजय भोगेकी थिइन ।
त्यसपछि २०६४ र २०७० मा भने उनलाई नै नेपाली काँग्रेसले समानुपातिकमा राखेर सांसद बनाएको थियो । नेपाली काँग्रेसबाट उनी राज्यमन्त्री समेत भइसकेकी छिन् । तर,ययसन्दा पहिला पनि बारम्बार निर्वाचन हार्दा हार्दै पनि बारम्बार उनैले टिकट पाउनुका कारणले पनि उनको इतिहास दोहोरिएको हुन सक्छ ।अर्को पार्टीले उम्मेदवार छनौट गर्दा एकै वडा र एकै जातका नेतालाई टिकिट दिँदा पनि यो पराजय भोगेको प्रति भने कसैले पनि ध्यान दिएका छैनन् ।
मकवानपुर धेरै जानजातिहरुको बसोबास गर्ने जिल्लामा पर्छ तर नेपाली काँग्रेसका मकवानपुर जिल्ला सभापति बुद्ध लामालाई टिकट नदिएर प्रदेश सभा १ (ख) डिना उपाध्यायकै क्षेत्रका सोहि जातका आनन्दराम पराजुलीले १३ हजार ३६७ मत ल्याएर पनि हारेका छन् । उनी त्यहाका जनतासँग भिजेका नेता भएर पनि डिनाभन्दा ५ हजार मात्रै बढी मत ल्याए ।
यसमा अब डिनाले प्रदेशमा उठेका पराजुलीले आफूलाई बढी र आफूलाई कम मत दिलाए भन्नेर झगडा गर्न जाने ? प्रतिनिधिसभामा उम्मेदवार बनेकी डिनाले भने पराजय भोगेकी छिन् । यसले के देखाउँछ भने एकै क्षेत्रमा एकै वडाबाट अनि एकै जातका उम्मेदवारलाई मत पाउन गार्हो हुँदो रहेछ भन्न सकिन्छ ।
मकवानपुर जिल्लाको स्थानीय निर्वाचनको मत परिणामलाई विश्लेषण गर्दा पनि के देखिन्छ भने नेपाली काँग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीको मतको अन्तर स्पष्ट देख्न सकिन्छ ।

मकवानपुरको हेटौडा उपमहानगरपालिकाको प्रदेश १ ख अन्तरगत १२ वटा वडा रहेका छन् । जसको यसभन्दा पहिलाको स्थानीय निर्वाचनमा वडा नं २ बाट गठबन्धनका मेयर उम्मेदवारलाई ६४९ मत आएको छ भने एमालेले ५९३ मत पाएको छ । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारले १६५४ मत पाएका थिए ।
त्यस्तै, २ देखि १५ वडामा नेपाली काँग्रेसले स्थानीय निर्वाचनमा पाएको मत, प्रदेश सभा र प्रतिनिधिसभामा पाएको मत हेर्दा यहा पार्टी नै कमजोर देखिन्छ । चुनाव जित्नलाई पार्टीको संगठन बलियो वा निर्वाचनमा उठ्ने उम्मेदवारको व्यक्तित्व र उसले उक्त निर्वाचन क्षेत्रमा गरेको योगदानले महत्वपूर्ण भूमिका खेल्ने गरेको यस पटकको निर्वाचनको परिणामले देखाएको छ















