कुसुम खोलामा बनाइएका घरटहरा भत्काइए
वि.सं.२०७९ मंसिर २३ शुक्रवार १४:५४
shares

काठमाडौं, २३ मंसिर । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र अवैधरुपमा बनाइएका घरटहरा भत्काउने कामलाई निरन्तरता दिइएको छ । निकुञ्जको कुसुमखोलामा बनाइएका नौ घरटहरा भत्काइएको छ । घरटहरासँगै पूजा गर्नका लागि भन्दै बनाइएको मन्दिरको संरचना पनि हटाइएको निकुञ्जले जनाएको छ ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जका कर्मचारी र सुरक्षार्थ खटिएको नेपाली सेनाले ती संरचना भत्काएको हो । विगत दुई÷तीन महिनायता बनाइएका संरचना भत्काइएको उनले जानकारी दिए। विगतदेखि नै रहेको काजीमान प्रजाको घर भने भत्काइएको छैन । काजीमानको सहित १२ घर सो क्षेत्रमा रहेका छन् । ती क्षेत्रमा टहरा बनाएपछि जग्गा पाइन्छ भन्ने हल्ला चलाएर ठाउँठाउँबाट मानिस घरटहरा बनाउन आउने गरेको उनले जानकारी दिए ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले कुसुम खोला जाँदै गरेका कतिपय भेटिएकालाई बगही पोष्टबाट समेत फर्काउने गरिएको बताए । उनले भने ।


















