त्रिशूली जलविद्युतकाे साधारणसभा पुस २६ गते
वि.सं.२०७९ पुस ४ सोमवार १४:०१
shares

काठमाडौं, ४ पुस । त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडले एघारौं वार्षिक साधारणसभा पुस २६ गते गर्ने भएको छ । सभा आम्रपाली ब्यांक्वेट भाटभटेनीमा बिहान ११ बजे शुरू हुने जानकारी दिएको छ ।
सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्ने, आव २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साथै, सभाले कम्पनीको प्रबन्धपत्रको दफा ६ को उपदफा ‘घ’ मा व्यवस्था भएबमोजिम जारी पूँजी रू. २ अर्ब ४७ करोड मध्येबाट समूह ‘ख’ मा रहने सर्वसाधारण समूहको लागि छुट्याइएको शेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।



















