Dhulikhel Eco Banner new

यूनियन लाइफले ८ प्रतिशत लाभांश दिने

4.45K
shares

काठमाडौं, १३ पुस । यूनियन लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ ।
कम्पनीको पुस १२ गते मंगलबार बसेको ८४ औं बैठकले आ.व. २०७७/७८ को मुनाफाबाट कम्पनीको हाल कायम चुक्ता पुँजीको ८.६५ प्रतिशत बोनस शेयर र चुक्ता पुँजीको ०.४५५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने प्रस्ताव गरेको हो ।

नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणबाट लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत भए पश्चात कम्पनीको आगामी वार्षिक साधारण सभामा पेश गर्ने निर्णय भएको कम्पनीले जनाएको छ ।

सञ्चालनमा आएको पाँच वर्षपछि कम्पनीले सेयरधनीलाई पहिलो पटक लाभांश वितरण गरेको हो । यसअघि कम्पनीले कुनैपनि लाभांश वितरण गरेको थिएन ।