Dhulikhel Eco Banner new

माया खोला हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम म्याद

5.84K
shares

काठमाडौं, १७ पुस । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीयका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले मंसिर २३ गतेबाट जारी गरेको आईपीओमा स्थानीयबाट छिटो अवधि पुस ८ गतेसम्म मागबमोजिम आवेदन नपरेपछि पुस १७ गतेसम्मको अवधि थप गरेको थियो । बैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने कम्पनीले आईपीओ बिक्री गरिसकेको छ ।

कम्पनीले पहिलो आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि एकै दिन आईपीओ निष्काशन गरेको थियो । वैदेशिक रोजगारीमा रहेका नेपालीले २ लाख ४० हजार कित्ता शेयर खरीदका लागि पुस ८ गतेसम्म आईपीओ खरीदका लागि आवेदन दिएका थिए ।

हाल निष्कासनमा रहेको आईपीओ आयोजना अति प्रभावित क्षेत्र चैनपुर नगरपालिका वडा नम्बर ८ र ९ का स्थानीय, धर्मदेवी नगरपालिकाका वडा नम्बर ३, ४ र ५ का स्थानीय र मादी नगरपालिकाका वडा नम्बर ४ र ६ का स्थानीयलाई ६ लाख कित्ता शेयर निष्कासन गरेको हो ।

त्यस्तै प्रभावित क्षेत्रको रूपमा रहेका चैनपुर, धर्मदेवी र मादी नगरपालिकाका माथि उल्लेखित वडाबाहेक अन्य वडाका स्थानीयलाई ४ लाख कित्ता शेयर निष्कासन गरेको हो । स्थानीयले आवेदन दिँदा न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । शेयर निष्कासनको लागि प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।