Dhulikhel Eco Banner new

प्रचण्ड प्रधानमन्त्री बनेपछि राष्ट्र बैंकले भन्यो– अर्थतन्त्र सामान्य अवस्थामा फर्किदैछ

5.92K
shares

काठमाडौं, २० पुस । नेपाल राष्ट्र बैंकले मुलुकको अर्थतन्त्र सामान्य अवस्थामा फर्किरहेको बताएको छ । नयाँ सरकार गठनपछि पहिलो पटक पत्रकार सम्मेलन गरेर राष्ट्र बैंकले अर्थतन्त्र सामान्य अवस्थामा फर्किदै गरेको बताएको हो । भर्चुअल माध्यमबाट आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रवक्ता डा. गुणाकर भट्टले लगानी योग्य रकम (तरलता) को समस्या पनि सहज बन्दै गएको बताए ।

लामो समयदेखि देखिएको बाह्य क्षेत्रको अवाव पनि अहिले कम भएको उनको भनाइ छ । अर्थतन्त्रका अन्य सूचकहरु पनि सुधार हुँदै गएको प्रवक्ता भट्टले बताए ।