GBIME

सनराइज बैंक र लक्ष्मी बैंक मर्जरमा जाने पक्का, भोलि नै एमओयू

2.41K
shares

काठमाडौं, २४ पुस । पछिल्ले समय बैंकहरुको मर्जरको लहर नै चलेको छ । ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू, कुमारी र एनसी लगायतले एकिकृत कारोबार गर्दै गर्दा थप दुई ठूला बैंकहरु पनि मर्जरमा जाने भएका छन् ।

सनराइज बैंक र लक्ष्मी बैंक एक आपसमा मर्जरमा जाने भएका हुन् । दुबै बैंकहरुले मर्जरमा जानका लागि सोमबार नै मर्जर सम्झौता गर्ने भएका छन् । दुबै बैंकको उच्च स्रोतले मर्जरमा जान लागेको र सोमबार नै मर्जर सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर हुने पुष्टि गर्यो ।

श्रोतका अनुसार भोलि अपरान्ह ५ बजे एभरेष्ट होटलमा मर्जर सम्बन्धी सम्झौता पत्रमा दुई बैंकहरुले हस्ताक्षर गर्नेछन् । बैंकहरु १ बराबर १ को स्वाप रेसियोमा मर्जरमा जान प्रारम्भिक सहमति गरेका छन् । यद्यपि, स्वाप रेसियोको अन्तिम निर्णय भने डिडिए पछि मात्रै हुनेछ ।

मर्जर पछि बैंकको नाम लक्ष्मी सनराइज हुने सहमति जुटेको छ । मर्जर पछि बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुमन शर्मालाई बनाउने प्रारम्भिक सहमति जुटेको छ । यद्यपि, फाइनल निर्णय भने भइसकेको छैन । ‘नाम र स्वाप रेसियोमा कुरा मिलेको छ, अरुमा नमिल्ने भन्ने कुरै हुँदैन’ श्रोतले भन्यो, ‘अध्यक्ष र सीईओको विषय सोमबार विहानसम्ममा टुंगिन्छ ।’