GBIME

कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

2.01K
shares

काठमाडौं, २६ पुस । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने भएको छ ।

कांग्रेस संसदीय दलको आज बसेको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने निर्णय गरेको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए ।

यसैगरी बैठकले पार्टी प्रतिपक्षमा रहने समेत निर्णय गरेको उनल बताए । यस अघि कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको थियो ।

प्रधानमन्त्री दाहालले सोमबार साँझ सभापति देउवा निवास पुगेर विश्वासको मत मागेका थिए ।
जवाफमा सभापति देउवाले पार्टीको संसदीय दलको बैठकमा उक्त विषय छलफल गरी निर्णय गर्ने बताएका थिए ।

प्रधानमन्त्री दाहालले आजको प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्ने कार्यसूची रहेको छ ।