Mangaldeep Aagarbatti
GBIME

डिप्रोक्स लघुवित्तको लाभांश घोषणा, बोनस शेयर कति ?

1.12K
shares

काठमाडौं, २६ पुस । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको २१.०५२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । जसमध्ये १० प्रतिशत बोनस शेयर रहेको छ भने ११.०५२ प्रतिशत नगद लाभांश (कर सहित) रहेको छ ।

पुस २५ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट पारित भएपश्चात सो लाभांश वितरण गरिनेछ ।

National life Banner
Dhulikhel Eco Resort 1200*100