GBIME

सोलार फार्म लिमिटेडले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

2.15K
shares

काठमाण्डौ, २९ पुस । सोलार फार्म लिमिटेडले प्रति शेयर १०० रूपैयाँ अंकित दरको २०,००,००० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका लागि निष्काशन गर्ने भएको छ ।

आईपीओ निष्काशन तथा बिक्री कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

उक्त सम्झौतापत्रमा सोलार फार्म लिमिटेडका तर्फबाट सञ्चालक समितीका अध्यक्ष आष बहादुर गुरुङ्ग (मोहन) तथा कुमारी क्यापिटलका तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।

सोलार फार्म लिमिटेडको अधिकृत पूँजी रु. ६५ करोड रूपैयाँ, जारी पूँजी रु. ६५ करोड रूपैयाँ, र चुक्ता पूँजी रु. ४५ करोड रूपैयाँ रहेको छ ।

नेपालको पहिलो सोलरबाट बिद्युत उत्पादन गर्ने संस्थाको रुपमा सन् २०१७ मा स्थापित सोलार फार्मले ५ मेगा वाट क्षमताको सोलार बाट बिद्युत उत्पादन सन् २०२१ सेप्टेम्बर १४ देखि व्यवसायिक उत्पादन गरिरहेको छ ।

यो आयोजना नेपालको तनहुँ जिल्ला शुक्ला गण्डकी नगरपालिका बडा नं.५ बेल चौतारामा अवस्थित छ ।