विमान दुर्घटनाको शोकमा सोमबार सार्वजनिक बिदा
वि.सं.२०७९ माघ १ आइतवार १४:५८
6.23K
shares
shares

काठमाडौं, १ माघ । पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनाको शोकमा सरकारले सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार दिउँसो बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले उक्त निर्णय गरेको हो ।
यससँगै बैठकले घटनाको छानबिन गर्ने ५ सदस्यीय जाँचबुझ आयोग गठन समेत गरेको छ ।



















