शेयर बजारमा सामान्य सुधार, ३ अर्बको मात्र कारोबार
वि.सं.२०७९ माघ ५ बिहीवार १५:१७
shares

काठमाडौं, ५ माघ । साताको अन्तिम कारोबारको दिन नेप्से परिसुचक सामान्य अंकले मात्र वृद्धि भएको छ । आज नेप्से परिसुचक ५ दशमलव ७१ अंकले उकालो लागेको छ ।
बिहिबार नेप्से परिसुचक शुन्य दशमलव २६ प्रतिशतले बढेर २१७८ दशमलव ८१ को विन्दुमा पुगेको हो ।
नेप्से परिसुचकसंगै ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव १५ अंकले उकालो लागेको छ ।
आज दिनभर भएका ५८ हजार ६ सय ६५ कारोबारबाट २४६ कम्पनीका ८२ लाख ४७ हजार ६ सय ४६ कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज भएके सम्पूर्ण कारोबार रकम ३ अर्ब ४ करोड ४५ लाख २९ हजार २ सय ३९ पुगेको छ ।














