Dhulikhel Eco Banner new

१० वुंदे घोषणापत्र जारी गर्दै एसएमईजको सम्मेलन सम्पन्न (घोषणापत्रसहित)

5.16K
shares

काठमाडौं, ९ माघ । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको लघु, घरेलु साना स्वं मझौला उद्यम सम्मेलन गरेको छ । पहिलो पटक काठमाडौंमा आयोजना गरेको लघु, घरेलु, साना एवं मझौला उद्यम २०७९ दश वुंदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो ।

१.      नेपाल उद्योग वाणिज्य महासंघले हरेक दुई वर्षमा केन्द्रमा र हरेक वर्ष प्रदेश तहमा लघु,               घरेलु, साना एवं मझौला उद्यम सम्मेलन आयोजना गर्नेछ ।

२.     नेपाल उद्योग वाणिज्य महासंघले २०७७ चैत्रमा सार्वजनिक गरेको राष्टिय आर्थिक रुपान्तरण          २०३० मा औल्याइएका लघु, घरेलु, साना एवं मझौला उद्यम लक्षित कार्यक्रमहरु निरन्तर                 कार्यान्वयन गर्दै जानेछ ।

३.     उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघबीच २०७९ साउनमा        भएको समझदारी अनुरुप लघु, घरेलु, साना एवं मझौला उद्यमको प्रवद्र्धनका लागि निरन्तर           सहकार्य गर्नेछ ।

.    नेपाल उद्योग वाणिज्य महासंघमा स्थापना भएको लघु, घरेलु, साना एवं मझौला उद्यम                    सहायता   केन्द्र मार्पmत उद्यमीहरुलाई निरन्तर आवश्यक सेवा प्रदान गर्नेछ ।

५.   लघु घरेलु साना तथा मझौला उद्यमीका उत्पादनलाई देशभित्रै संचालित ठूला उद्योगसंग जोडन          निरन्तर पहल र पैरवी रहनेछ । स्वेदशी कच्चा पदार्थको उत्पादन बढाउन पहल गरिनेछ ।

६.   लघु, घरेलु, साना एवं मझौला उद्यमलाई वित्तिय सेवामा सहज पहुच दिलाउन महासंघले                  सरकार एवं नेपाल राष्ट बैंकसंग सहकार्य गर्नेछ । परियोजना कर्जा सहज रुपमा प्रदान हुने             गरि नीति निर्माण गरि कार्यान्वयनमा लान पहल गरिनेछ ।

७.   सन् २०२६ मा नेपाल अतिकम बिकसित मुलुकबाट स्तरोन्नति हुन गैरहेको सन्दर्भमा यसबाट            लघु, घरेलु, साना एवं मझौला उद्यममा पर्न सक्ने प्रभाव न्युनिकरणका लागि सरकारसंगको              सहकार्यमा रणनीति तयार पारिनेछ । साथै निर्यात प्रवद्र्धनमा कार्यमा सहयोग गरिनेछ ।

८.   लघु, घरेलु, साना एवं मझौला उद्यमका उत्पादनको बजारीकरणका लागि आवश्यक नीतिगत          सुधारका लागि महासंघले सरकारसंग निरन्तर पहल पैरवी गर्नेछ । यसका साथै                             बजारीकरणको लागि डिजिटल प्रविधिको प्रयोग गर्दै लगिनेछ ।  लघु, घरेलु, साना एवं मझौला       उद्यमको प्याकेजिंग एवं ब्रान्डिगका लागि महासंघले राष्टिय अन्तराष्टिय क्षेत्रमा सहकार्य र                  समन्वय गर्नेछ ।

९.   महासंघको समेत पहलमा बनेको स्टार्ट अप नीति तत्काल कार्यान्वयन गर्न सरकारसंग                  सहकार्य गरिनेछ । सबै प्रदेशमा स्टार्ट अप इन्कुवेसन केन्द्र स्थापना गर्न केन्द्र र प्रदेश                   सरकारसंग सहकार्य गरिनेछ ।

१०.    सरकारी तहमा स्वदेशी उत्पादनको खपत बढाउन ल्याइएका नीति नियमको कार्यान्वयन              गर्न  र नया नीतिगत व्यवस्था गर्न सरकार र निजी क्षेत्रको निरन्तर सहकार्य गरिनेछ ।