Dhulikhel Eco Banner new

एचआईडिसीएलको संस्थापक शेयर लिलामीमा

4.82K
shares

काठमाडौं, १५ माघ । हाइड्रोइलेक्ट्रोसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) ले संस्थापक शेयर लिलाम गर्ने भएको छ । कम्पनीले माघ २२ गतेबाट शेयर लिलामीमा ल्याउने भएको हो ।

कम्पनीले धेरै पटक बिक्रीमा ल्याउदा पनि बिक्री नभएपछि कम्पनीले २ करोड २१ लाख ९७ हजार ३ सय ३५ कित्ता संस्थापक शेयर पुनः लिलामी बिक्रीमा ल्याएको हो ।

यस लिलामीको शेयरमा फागुन ८ गतेसम्म आवेदन दिन सकिने छ । यस शेयरमा जो कोहि लगानीकर्ताले आवेदन दिन पाउने भएपनि यो कम्पनीको संस्थापक् शेयर हो । कम्पनीको संस्थापक शेयर HIDCLP सिम्बलबाट र साधारण शेयर HIDCL सिम्बलबाट कारोबार हुने छ ।

कम्पनीका अनुसार बोलकबोल प्रकृयाद्वारा बिक्री गरिएको शेयर खरिद गर्ने शेयरधनीहरु समूह “क” को उप–समूह “क–२” अन्तर्गतको “अन्य संस्थापक” उप–समूहमा रहनेछन् । उक्त शेयर बाँडफाँट भई नेपाल स्टक एक्सचेञ्जमा सूचीकरण भएपश्चात् “HIDCLP “ सङ्केतमा कारोबार गर्न योग्य हुने छ र प्रबन्धपत्रको दफा ६ को खण्ड (छ) मा भएको व्यवस्था अनुसार नेपाल स्टक एक्सचेञ्ज मार्फत सो शेयर खरिद गर्ने शेयरधनीहरु समेत समूह “क” को उप–समूह “क–२” अन्तर्गतको “अन्य संस्थापक” उप–समूहमा नै रहनेछन्।

उक्त शेयरमा आवेदन दिंदा नागरिकता प्रमाणपत्रको प्रतिलिपि र संस्थाले आवेदन दिने हकमा आवेदनको साथमा कम्पनी दर्ताको प्रमाणपत्रको प्रतिलिपि, प्यान नं. (pan no) र शेयर खरिद गर्ने सम्बन्धी माइन्यूट संलग्न गर्नु पर्नेछ । गुड फर चेक दिने लगानीकर्ताले चेक क्लियारिंग शुल्क पनि बुझाउनु पर्ने छ ।

आवेदन दिंदा न्युनतम १०० कित्ताको लागि आवेदन दिनु पर्ने छ अधिकतम पुरै कित्ताको लागि आवेदन दिन सकिने छ । शेयरको न्युनतम मूल्य प्रति कित्ता १ सय रुपैयाँ तोकिएकोले आवेदन दिंदा सो वा सो भन्दा बढी रकम कबुल गरि आवेदन दिनु पर्ने छ। शेयर लिलाम प्रक्रियाको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।