Dhulikhel Eco Banner new

उपकार लघुवित्तको बम्पर लाभांश घोषणा, कति छ बोनस शेयर ?

5.25K
shares

काठमाडौं, १५ माघ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आव ७८र ७९को मुनाफाबाट शेयरधनीलाई बम्पर लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ६१ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित ३ दशमलव २५ प्रतिशत नगद गरी जम्मा ६५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यो प्रस्ताव नेपाल राष्ट्रबैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

कम्पनीको माघ १३ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले शेयरधनीलाई पहिलो पटक लाभांश वितरण गर्न लागेको हो ।

उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।