GBIME

रवि लामिछानेले आजै नागरिकता लिने, गृहमन्त्रीको सपथको तयारी !

1.18K
shares

काठमाडौं, १५ माघ । सर्वोच्च अदालतको आदेश अनुसार रवि लामिछानेले आजै नागरिकताको प्रमाणपत्र लिने भएका छन् ।

उनले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता लिंदैछन् । गृह मन्त्रालय उच्च स्रोतका अनुसार उनले स्थानीय प्रशासनसँग समन्वय गरी नागरिकता लिने तयारी गरेका हुन् ।

आइतबार बिहान ११ बजे नागरिकता लिने र संभवतः आजै ४ बजे उनलाई उपप्रधानमन्त्रीको सपथ खुवाउने तयारी भइरहेको स्रोत बताउँछ । सांसद नभए पनि ६ महिना मन्त्री बनाउन पाइने ब्यवस्था छ ।