Dhulikhel Eco Banner new

शेयर बजार घट्दा यी हुन सबैभन्दा धेरै कारोबार भएका कम्पनी

5.21K
shares

काठमाडौं, १८ फागुन ।  साताको अन्तिम दिन पनि शेयर बजार घटेको छ । आज शेयर बजार नेप्से परिसूचक २६ दशमलव ४८ अंकले घटेर १,९६९ दशमलव ०१ को विन्दुमा कायम भएको छ ।

आज दिनभरिमा २५६ वटा कम्पनकिो ३६ लाख ५७ हजार १५४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३३ करोड ६३ लाख ३३ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको शेयर कारोबार भएको छ । कम्पनीको ८ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

शिवम् सिमेन्टको ६ करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ४ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।