Dhulikhel Eco Banner new

शेयर बजारमा तीन दिन पछि हरियाली, कारोबार रकममा पनि वृद्धि

4.23K
shares

काठमाडौै, ६ चैत । सोमबार शेयर बजार परिसूचकमा हरियाली देखिएको छ । पछिल्लो समय लगातार रुपमा ओरोलो लागिरहेको शेयर बजारमा सोमबार दोहोरो अंकको वृद्धि भएको हो ।

अघिल्लो दिनकोभन्दा २२ दशमलव ६५ अंकले बढेको शेयर बजार परिसूचक १९४९ दशमलव ०६ अंकमा बन्द भएको हो । यो अघिल्लो दिनको भन्दा १.१८ प्रतिशतले बढी हो । दिनभरको कारोबारमा उतारचढाव देखिएको बजार अन्तिम समयमा सुधार हुँदै सकारात्मक रुपमा बन्द भएको छ । सोमबार २५८ कम्पनीका ५२ लाख ५५ हजार ८६ कित्ता शेयर किनबेचबाट १ अर्ब २९ करोड ८५ लाख ८३ हजार ९८८ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै क वर्गको मापक सेन्सेटिभ इन्डेक्स पनि आइतबारको तुलनामा २ दशमलव ९५ अंकले बढेको छ । सेन्सेटिभ इन्डेक्स सोमबारको कारोबार बन्द हुँदा ३६६ दशमवल २१ अंकमा पुगेको छ । दिनभर उतारचढाव देखिएको बजारमा अन्तिम समयमा भने बढेर बन्द भएको हो । बजारमा सबै उपसूचकमा वृद्धि हुँदा नेप्से पनि वृद्धि भएको छ ।

सोमबार व्यापार उपसूचक सर्वाधिक ४.६६ प्रतिशतले वृद्धि हुँदा हाइड्रोपावर उपसूचक २.२१ प्रतिशत र होटल तथा पर्यटन उपसूचक २ प्रतिशतले वृद्धि भएको छ । नेप्सेमा वृद्धि हुँदा कारोबार रकम पनि बढेको छ । आइतबार १ अर्ब ७ करोडमा सीमित भएको कारोबार सोमबार वृद्धि भएको थियो ।