प्रधानमन्त्री र उपप्रधानमन्त्री सडक शिलान्यासका लागि गोर्खा जाँदै
वि.सं.२०७९ चैत ६ सोमवार १५:५९
shares

काठमाडौं, ६ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोर्खा र लमजुङका लाखौं जनसंख्या लाभान्वित हुने पन्थहिटी–कटहरे–हर्मी–साहिलटार सडक स्तरोन्नति योजनाको मंगलबार शिलान्यास गर्ने भएका छन् । पालुङटार नगरपालिकाको विमिरेमा बिहान ११ बजे हुने शिलान्यासका लागि उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई समेत गोर्खा जाने कार्यक्रम रहेको छ ।
उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको बिशेष पहलमा योजना कार्यान्वयनमा अघि बढेको र तोकिएको समयमा सम्पन्न गर्ने लक्ष्य लिएको बताइएको छ । पन्थहिटीदेखि साहिलटारसम्मको झण्डै साँढे २० किलोमिटर सडक चौडा गर्ने, नाली र टेवा पर्खाल निर्माण गर्ने तथा डबल लेन कालोपत्रे हुनेछ ।
योजनाबाट गोर्खा र लमजुङका गरी चार लाख ३० हजार भन्दा बढी जनसंख्या लाभान्वित हुने अनुमान रहेको छ ।















