GBIME

युवा व्यवसायी मनोज पौडेल महासंघमा उम्मेदवार बन्ने

2.34K
shares

काठमाडौं, ७ चैत । युवा व्यवसायी मनोज पौडेल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा उठ्ने भएका छन् । पौडेलले एसोसिएट केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिने भएका हुन् ।

पौडेलको शिक्षा क्षेत्र साथै बैंकिङ क्षेत्रमा समेत राम्रो लगानी छ । हाल प्राइम कमर्सीयल बैंकको सञ्चालक समेत रहेका पौडेल महासंघका आगामी अध्यक्ष चन्द्र ढकालका ज्वाई समेत हुन् ।

अर्थतन्त्रका विषयमा जानकार पौडेलले अर्थतन्त्रका समस्याका विषयमा लेखका माध्यमबाट राज्य र सर्वसाधारणलाई सुशुचित समेत गर्दै आएक छन् । स्पष्ट भिजन र युवा शक्तिका हिसावले पनि महासंघमा उनको दावेदारी वलियो छ । अर्थतन्त्र अहिले संकटमा छ ।

निजी क्षेत्र र सकारबीच आवश्यक समन्वयको कमीका कारण पनि कहिलेकाही समस्या देखिने गरेका छन् ।

युवा अर्थशास्त्री समेत रहेका मनोज पौडेल केन्द्रीय सदस्यका वलिया प्रतिष्पर्धी हुनसक्ने महासंघकै नेताहरु बताउछन् ।