Dhulikhel Eco Banner new

अन्तर्राष्ट्रिय विमानस्थलको साटो उद्योग स्थापना गर्न जनमतका प्रदेश सांसद सतिश सिंहको माग

4.94K
shares

काठमाडौं, १० जेठ । प्रदेश सांसद सतिश कुमार सिंहले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थलको साटो उद्योग स्थापना गर्नु पर्ने माग गरेका छन् । उनले बुधवार बसेको मधेश प्रदेश सभामा  एयरपोर्ट बनाउन लाग्ने लगानीबाट ठूलो उद्योग खोल्न सकिने र यसमा लाखौं युवाले रोजगारी पाउने धारणा राखेका हुन ।

‘३३ अर्ब रुपैयाँ लगानीले बन्ने एयरपोर्टले प्रदेशलाई कुनै उपलब्धि हुँदैन । त्यही लगानीमा इन्ड्रस्ट्रिज स्थापना भयो भने मधेशका लाखौं युवाले रोजगारी भेट्छन् । प्रदेशको समृद्धि, युवाको रोजगार र विकासको बाटो खुल्छ’, उनले भने ।

जंगल बचाएर फडानी गरिएको ठाउँमा आईजीपी उद्योग स्थापना गर्नु पर्ने उनको माग छ । अन्तर्राष्ट्रिय एयरपोर्ट बन्न २० वर्ष लाग्ने र त्यसले फाइदा पनि नहुने भएकाले उद्योग निर्माण तिरै लाग्न उपयुक्त हुने उनले बताए ।

७ वर्षदेखि सुस्तगतिमा भइरहेको फास्टट्रयाको काम द्रुत गतिमा हुनुपर्ने उनको भनाइ छ ।