शरणार्थी प्रकरण भन्दा ठूलो केश बाहिर ल्याउदैछु : प्रधानमन्त्री दाहाल
वि.सं.२०८० जेठ १३ शनिवार १३:०९
shares

काठमाडौं, १३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशका विकृति विसंगति र भ्रष्टाचारको विरुद्धको लडाईमा जनयुद्धको समयको जस्तो मानसिकता बनाएर लागेको बताएका छन् । उनले अहिले छानविन भइरहेको शरणार्थी प्रकरण भन्दा ठूलो केश बाहिर ल्याउन लागेको खुलासा पनि गरे ।
शनिबार२१ औं कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवसका अवसरमा प्रेस सेन्टर नेपालले आयोजना गरेको कार्यक्रममा उनले भ्रष्टाचार विरुद्ध जनयुद्धको जस्तो मानसिकता बनाएर हामफालेको बताए ।
उनले भने,‘जस्तोसुकै समस्या परेपनि भ्रष्टाचार र वेथितिको विरुद्ध लडाई चलाउने जनयुद्धको बेलामा जुन संकल्पबाट हाम फालिएको थियो अहिले विसंगति र भ्रष्टाचार विरुद्धको लडाईमा म त्यहि मानसिकताको साथ अनुभव गर्दै छु ।’
जनयुद्धको लडाई सुरु गर्दा जिउने र मर्ने ठेगान नभएको जस्तै मृत्युवरण गरेर हाम्फालेको स्मरण गर्दै अहिलेको लडाई पनि त्यस्तै त्यस्तै भएको र अब छिट्टै नै यो भन्दा ठूलो केश बाहिर ल्याउने पनि उनले बताए ।
प्रधानमन्त्री दाहालले भने, ‘जनयुद्धको समयमा हजारौं मानिसको साथ समर्थन भएजस्तै मलाई विस्वास छ अहिले देखिएको मात्रै हैन् तपाईंहरु देख्नुहुनेछ केही समय भित्रै अरु ठूल्ठूला एक्सनहरु हुनेछन् ।’
उनले शहीदहरुको सपना पूरा गर्न भ्रष्टाचारीलाई कारबाही गर्नुको अर्को विकल्प नभएको पनि बताए ।

















