एमाले शिर्ष नेताले सुटुक्क भेटे प्रचण्ड
वि.सं.२०७९ जेठ ६ शुक्रवार १४:५०
16.64K
shares
shares

काठमाडौं, ६ जेठ । स्थानीयत तहको चुनाबमा अपेक्षा अनुसारको नजिता आत्मसाथ गर्न नसकेको एमालेका शिर्ष नेताहरु नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डलाई भेट्न पुगेका छन् । स्थानीय चुनावको पुरा नजिता सार्वजनिक भइनसक्दै एमालेले नेताहरु सुटुक्क रुपमा प्रचण्डलाई भेट्नका लागि खुमलटार पुगेका हुन् ।
एमालेका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल शुक्रबार विहान खुमलटार पुगेको बताइएको छ । स्थानीय चुनाव पछि दुई दलका शिर्ष नेताहरु बीचको भेटलाई निकै महत्वका साथ लिइएको छ र नेपाली राजनीतिलाई तरङ्गीत समेत बनाएको छ ।















