Dhulikhel Eco Banner new

हवाईजहाज नेता र मन्त्रीको कमाउने र रमाउने माध्यम बन्यो : मन्त्री किराँती

5.67K
shares

काठमाडौं, २३ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले हवाईजहाज नेता, मन्त्री तथा तिनका आफन्तहरुको कमाई खाने भाँडो बनेको भन्दै त्यसको आलोचना गरेका छन् ।

मंगलबार काठमाडौंमा खिजीदेम्बा गाउँपालिकाले पर्यटन प्रवद्र्धन र प्रचारप्रसारका लागि आयोजना गरेको पर्यटन वेवसाइट शुभाराम्भ तथा अन्र्तक्रिया कार्यक्रममा मन्त्री किराँतीले २५ वटा निर्माणाधिन एअरपोर्ट गौचरणमा परिणत हुनुमा मन्त्री देखि तिनका आफन्त सम्मले मिलिभगत रुपमा गरेको भ्रष्टाचार प्रमुख कारण रहेको दावी गरे ।

उनले भने,‘हवाईजहाज विधान चाहीँ बनाएको बनाई गर्ने तर हवाईजहाज चाँही नउडाउने हाम्रो देश हो यो । २२ वटा एअरपोर्ट अहिले गौचरणमा परिणत भएका छन् । त्यो जनता र राष्ट्रको पैसा हैन् ?अरबौं खर्च गरेर एअरपोर्ट बनाउने हवाईजहाज नउडाउने भयपछि त मजा आएन नि । त्यो त आलोचनाको पाटो मात्र भयोनि ! दृष्टिकोणको हिसावले हामी त आँखै नदेख्ने जस्तो भयौं । नेताको खाने पिउने,कमाउने र रमाउने ठाउँ भएको छ हवाईजहाज । मन्त्रीले त खोयो खायो मन्त्रीको साढ भाई ,दाई ,साली, मितबाउ, मितआमा सबै मिलेर खाने गरेका छन् । घुस खान सिकाउनु पदैन रहेछ । सबै गुरुहरु सिकाउन आउने रहेछन् ।’

मन्त्री किराँतीले एअरपोर्ट अनुसार नयाँ हवाईजहाज किन्ने विषय सरकारको चासोमा नपर्ने तर, एअरपोर्ट मात्र बनाएर आलोचनाको पाटो मन्त्रालय बन्ने गरेको भन्दै अब नयाँ एअरपोर्ट निर्माणलाई भन्दा पुराना एअरपोर्टलाई पुर्ण रुपमा सञ्चालन गर्नतर्फ मन्त्रालयले कार्य गर्ने बताए ।

कार्यक्रममा उनले नेपालको पर्यटकीय गन्तव्य मध्येको एक ओखलढुंगाको खिजीदेम्बो थोलेदेम्बा क्षेत्र समेटेर तयार गरिएको पर्यटकीय पथमार्गको उद्घाटन गरे ।

जसमा, पोकली झरना १३० मिटर हुँदै चिलिमडाँडा,लाम्जेबौद्ध,चुलीथान गौरीवन, दोबाटेभन्ज्याङ्ग, खिजी चण्डेश्वरी, खिजीफलाँटे, चुप्लु भन्ज्याङ, थोलेदेम्बा ३३५० मिटरसम्म (३ दिन) को पथमार्ग र उक्त स्थान हुँदै पिके, दुधकुण्ड हिमालबाट सगरमाथाको आधार शिविरसम्म पुग्न सकिने छ । यो पदमार्गको सुरुआत गरेसंगै, अब ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका सहितको क्षेत्रको पर्यटन प्रर्वद्धन र प्रचारप्रसार हुने विस्वास आयोजकको रहेको छ ।