Dhulikhel Eco Banner new

नीति तथा कार्यक्रममा आफुहरुले उठाएको कुरा बजेटले बिर्सियो : शिशिर खनाल

5.14K
shares

काठमाडौं, २८ जेठ । सांसद शिशिर खनालले नीति तथा कार्यक्रममा आफुहरुले उठाएको कुरा बजेटले बिर्सिएको गुनासो गरेका छन् । आईतवार प्रतिनिधिसभाको बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफलमा उनले यस्ताे बताएका हुन् ।

ईमान्दारितापूर्वक काम गर्ने हो भने असम्भव काम पनि सजिलै गर्न सकिने उनकाे धारणा छ ।
उनले भने ‘ हामीले नीति तथा कार्यक्रममा विद्यालय कर्मचारीको कुरा, शिक्षा ऐनका कुरा, विश्वविधालयको पुन संरचनाको कुरा उठायाैं तर बजेटले बिर्सियो । सहि तरिकाले काम गरियो भने उपलब्धि हासिल गर्न सकिन्छ भन्ने कुरा यो पाठ्यपुस्तक समयमा पुर्याउन सकिएको कुराले पुष्टि गर्छ ।