Dhulikhel Eco Banner new

नोबेल एकेडेमीले गर्‍यो ललितकला प्रदर्शन

3.33K
shares

काठमाडौं, २८ जेठ । काठमाडौंको बानेश्वरमा रहेको नोबेल एकेडेमीले ललितकला प्रदर्शन गरेको छ । आज एक कार्यक्रम मार्फत उक्त कला प्रदर्शन गरेको हो ।

नोबेल एकेडेमीमा कक्षा ११ र १२ मा अध्ययनरय विद्यार्थीले उक्त कला प्रदर्शन गरेका हुन् । आज विद्यालयले ललितकलाका कलाकार विद्यार्थीहरुलाई सम्मान समेत प्रदान गरेको छ ।

उक्त कार्यक्रममा बोल्दै रबिन दाहालले विद्यार्थीहरुले गरेको यस्तो खकामहरुले विद्यार्थीको सिकाइको क्षेत्र फरक बनाउनुका साथै विद्यार्थीहरुलाई यस्ता कामहरुले शिक्षमा आर्कशित हुने बताए ।

उक्त कार्यक्रममा शिक्षा मन्त्री सहित वरिष्ठ कलाकारहरुको उपस्थित रहेको थियो । कार्यक्रममा बोल्दै वरिष्ठ कलाकार रमेश खनालले नोबेल एकेडेमीले अहिलेसम्म गर्दै आएको कामहरु प्रशन्सायोग्य रहेको टिप्पणी गरे ।

त्यस्तै पुर्व शिक्षामन्त्री चित्रा लेखा यादवले नोबेल एकेडेमीका आर्टस् विषय अध्ययनरत सम्पुर्ण विद्यार्थीहरुलाई शुभकामना दिँदै कला नै जिवन रहेकोले आउँदा दिनहरुमा थप राम्रो गर्न प्रोत्साहन समेत गरेकी छिन् । उनले इच्छा नै सबैभन्दा ठुलो कुरा रहेको समेत बताएकी छिन्