Dhulikhel Eco Banner new

उर्जा मन्त्रालयको बजेटले प्राथमिकता निर्धारण गर्न सकेन : सांसद पौडेल

6.46K
shares

काठमाडौं, ७ असार । सांसद प्रदिप पौडेलले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको लागि छुट्याइएको बजेटले प्राथमिकता निर्धारण गर्न नसकेको टिप्पणी गरेका छन् ।

विनीयोजित बजेट कनिका छरे जस्तो नभएपनि प्राथमिकता भने निर्धारण गर्न नसकेको दाबी गरे ।
बिहिवार बसेको पूर्वधार विकास समितीको बैठकमा उनले मन्त्रालयले प्राथमीकता निर्धारण गर्न नसकेको बताए ।

‘अहिलेको बजेटको सन्दर्भममा उर्जा सिँचाई मन्त्रालयको बजेट चाहीँ कनीका छरेको जस्तो स्थिती चाहीँ छैन । तर यसले खास प्राथमीकता निर्धारण गर्न भने सकेको छैन् ।’ उनले भने ।

उनले विजुलीको पोलको समस्या दिनानुदिन बढ्दै गएको र त्यसको व्यवस्थापन हुनुपर्ने बताए ।विजुलीको पोल व्यवस्थापनमा स्थानीय तह मौन बसेको उनको टिप्पणी छ ।