Dhulikhel Eco Banner new

भ्रष्टाचारमा लिप्त वेलकाका जनप्रतिनिधि, अग्रिम हाजिरी गरेर भत्ता पचाए

29.8K
shares

काठमाडौं, ८ असार । जनप्रतिनिधिहरुले पदको दुरुपयोग गरेर कसरी जनताको करबाट संकलन भएको रकम पचाउछन् भन्ने पछिल्लो उदाहरण बनेको छ उदयपुरको वेलका नगरपालिका । जिल्लाको सबैभन्दा कान्छो नगरपालिका बेलकाका जनप्रतिनिधिहरुले अग्रिम हाजिर गरेर भत्ता बुझी भ्रष्टाचार गरेको पाइएको छ ।

नगपालिकाको नगरसभाको १२ औँ अधिवेशन ७ गते ८ गतेका लागि बोलाइएको थियो । २ दिनसम्म नगरसभाको अधिवेशनमा जनप्रतिनिधिहरुलाई दैनिक एक हजार रुपैयाँ गरी कुल २ हजार रुपैयाँ भत्ता समेत छुट्याइएको थियो । अधिकांश जनप्रतिनिधिहरुले ८ गते शुक्रबारको हाजिरी पनि बिहीबारै गरेका छन् । उनीहरुले भत्ता बुझ्नका लागि अग्रिम हाजिरी गरेका हुन् । यसरी अग्रिम हाजिरी गरेर शुक्रबारको भत्ता बिहीबारै बुझ्नु भ्रष्टाचार अपराध हो । तर, वेलकाका जनप्रतिनिधिहरुले खुलेआम यस्तो काम गरेका छन् ।

नगरपालिकाका जनप्रतिनिधिको सामाजिक सञ्जालमा चर्को आलोचना समेत भइरहेको छ । नगरसभामा उपस्थित मेयर अशोक कार्की, उपमेयर जिरा राई, वडा नम्बर ४ का अध्यक्ष तिर्थराज अधिकारीले भने यसरी भत्ता बुझेर खुलेआम भ्रष्टाचार गरेका छैनन् । जनताको सेवामा लाग्ने भन्दै जता पद पायो त्यतै पार्टी परिवर्तन गर्ने वेलका नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष दीपक रेग्मी लगायतले भने खुलेआम अग्रिम हाजिरी गरेर गैर कानूनी रुपमा भत्ता बुझेका छन् । गैर कानूनी रुपमा भत्ता बुझेका अध्यक्ष रेग्मीलाई यस विषयमा बुझ्न पटक पटक फोन सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

हेर्नुस् ककसले बुझे गैरकानूनी रुपमा भत्ता ?

तस्वीर : कुवेर लुइटेल/सामाजिक सञ्जाल