Dhulikhel Eco Banner new

घोराही सिमेन्ट काण्ड : कारबाही ‘फेक आवेदक’ कि सञ्चालकलाई ?

4.25K
shares

काठमाडौं, ९ असार । घोराही सिमेन्टको फेक आवेदक प्रकरण यतिबेला चर्चामा छ । खराब अवस्थामा रहेको कम्पनीले आईपीओ जारी गर्न लागेको भन्दै घोराही सिमेन्टको सुरुदेखि नै आलोचना हुने गरेको थियो । फेक आवेदन परेको पुष्टि भएपछि यसको आईपीओ निष्काशन नै रद्द गरिएको छ ।

यस विषयमा अहिले नेपाल धितोपत्र बोर्डले अनुसन्धान गरिरहेको छ । धितोपत्र बोर्डले अब घोराही सिमेन्टको फेक आवेदन प्रकरणमा कस्तो एक्सन लिनेहोला भन्ने आम चासो छ । बोर्डका अध्यक्ष रमेशकुमार हमाल यसको निष्कर्शमा पुग्न अझै केही समय लाग्ने बताउछन् ।

बोर्डका सुपरिवेक्षण महाशाखा प्रमुख दीपेश ताम्रकारको संयोजकत्वमा चार सदस्यीय जाँचबुझ कमिटी गठन गरिएको छ । उक्त कमिटीले गरेको सिफारिसका आधारमा बोर्डले आवश्यक कारबाही गर्नेछ ।